images
images

लियो क्लब अफ तनहुँको १७औं साधारण सभा सम्पन्न:अध्यक्षमा बिडारी चयन

images

दमौली, २८ चैत्र ।लियो क्लब अफ तनहुँको १७ औं वार्षिक साधारण सभाले लायन्स वर्ष २०२६/२७ लाई मुकेश बिडारीलाई सर्वसमेत अध्यक्ष चयन गरेको छ ।

क्लबले जारी गरेको जानकारी अनुसार राम श्रेष्ठ प्रथम उपाध्यक्ष, बिमल अधिकारी द्वितीय उपाध्यक्ष र विशाल रुचाल तृतीय उपाध्यक्ष सर्वसमेत चयन भए । सल्मा खातुनलाई सचिव र दिवश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत भएका छन् ।

सभाको सभापतित्व लायन्स वर्ष २०२५-२६ का अध्यक्ष रोबिन श्रेष्ठले गरे । अध्यक्ष श्रेष्ठले क्लबको भौतिक तथा सामाजिक प्रगति रिपोर्ट सार्वजनिक गरे । उनले विगत वर्षका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षमा क्लब नयाँ उचाइमा पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५एल नेपालका डेपुटी चिफ अड्भाइजर लायन श्रीभद्र खनालले लियो क्लबको स्थापनादेखि १७ औं साधारण सभासम्मको यात्रा सेवामुखी भएको उल्लेख गरे ।‎”सेवा नै मुख्य मर्म हो,” खनालले भने । उनले युवाहरूमा सामाजिक उत्तरदायित्व र सेवा भाव विकास गर्न क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नवनिर्वाचित अध्यक्ष मुकेश बिडारीले सभाले १८ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने जानकारी दिदै , आफूलाई दिएको जिम्मेवारीप्रति हार्दिक आभार व्यक्त गर्दै क्लबको गरिमा उचाल्ने, सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने तथा युवाहरूमा नेतृत्व विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सम्पूर्ण लियो सदस्य, अग्रज तथा शुभेच्छुकहरूको सल्लाह, सुझाव र सहकार्यमा आफ्नो कार्यकाल सफल बनाउने विश्वास व्यक्त गरेका छन्।

साधारण सभाका निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष आकाश खनाल रहेका थिए।क्लबले नेतृत्व निरन्तरतासँगै युवाहरूमाझ सामाजिक सेवाको उत्साह थप्ने विश्वास व्यक्त गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS