images
images

तनहुँको आँबुखैरेनीमा महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप सार्वजनिक

  • images
  • २५ चैत्र २०८२, बुधबार १०:२६
images

महिन्द्राको पिक-अप तथा कमर्सियल युटिलिटी गाडीहरूको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले तनहुँको आँबुखैरेनीमा नयाँ ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ।

पोखरास्थित महिन्द्राको आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा.लि.सँगको सहकार्यमा आज बुधबार आयोजित विशेष समारोहमार्फत उक्त गाडी सार्वजनिक गरिएको हो। तनहुँको आँबुखैरेनी–३ मा सम्पन्न उक्त समारोहमा अग्नि ग्रुपका प्रोभिन्स हेड रनविर कुमार यादव, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनीका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, बि.बि. इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, स्थानीय ग्राहक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार २ टन भार क्षमता भएको यो पिक-अप नेपालमै पहिलो र एकमात्र रहेको दाबी गरिएको छ। गाडीलाई क्रमशः देशका प्रमुख व्यापारिक सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको जनाइएको छ।

नयाँ बोलेरो म्याक्स पिक-अपले भार क्षमता, इन्धन दक्षता, सुरक्षा तथा समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ। यसले सब-२ टन कमर्सियल गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्व अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो पिक-अप दुई हेभी ड्युटी भेरियन्ट—HD 1.7 LX र HD 2.0L SXi—मा उपलब्ध छ। HD 1.7 LX को प्रारम्भिक मूल्य रु. २९ लाख ९५ हजार तोकिएको छ भने HD 2.0L SXi को मूल्य रु. ३२ लाख ९५ हजारदेखि सुरु हुने कम्पनीले जनाएको छ।

सामान्यदेखि इन्टरसिटी ढुवानीसम्मका लागि उपयुक्त मानिएको यो गाडी नेपालको उबडखाबड तथा पहाडी सडकका लागि विशेष रूपमा डिजाइन गरिएको बताइएको छ। कम्पनीका अनुसार कम सञ्चालन खर्च, उच्च कार्यक्षमता र सुरक्षा विशेषताका कारण यो पिक-अप व्यवसायी तथा चालकहरूका लागि उपयुक्त विकल्प बन्नेछ।

कम्पनीका प्रतिनिधिहरुले बोलेरो म्याक्सलाई भरपर्दो, सुरक्षित, कार्यकुशल तथा बहुउपयोगी पिक-अपका रूपमा व्याख्या गर्दै यसले नेपालको बढ्दो लजिस्टिक्स आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS