images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS