images
images

सार्वजनिक यातायात भाडा बढाइदै

images

सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ ।

इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो। विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।

उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ। मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS