images
images

विकास र समृद्धिको एजेन्डामा कांग्रेस उम्मेदवारहरूको प्रतिबद्धता

images

दमौली, फागुन २ गते
नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं। २ का उम्मेदवार शंकर भण्डारीले युवा पुस्ता ९जेन–जी० को भावना र मागलाई सम्बोधन गर्दै जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँको आयोजना तथा नेपाल तरुण दल व्यास नगर कार्यसमितिको व्यवस्थापनमा शनिबार दमौलीस्थित बीपी स्मृति भवनमा आयोजित युवासँग उम्मेदवार कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफू १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिएको स्मरण गर्दै आफूलाई ‘जेन–जी’ को भावना बुझ्ने नेताका रूपमा प्रस्तुत गरे। उनले युवाहरूको प्रमुख माग रहेको रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
कृषिमा आधुनिकीकरण र उत्पादित वस्तुको बजार व्यवस्थापनको पूर्ण जिम्मा सरकारले लिने गरी हामीले ठोस योजना बनाएका छौँ ।’’ नेपाल विद्यार्थीको केन्द्रीय अध्यक्ष भएको व्यक्ति भएकोले जेनजीको नेता आफू भएको बताए । उनले तनहुँ जलविद्युत् आयोजना, सडक, पुल, अस्पताल र विद्युतीकरण जस्ता गौरवका आयोजनाहरू कांग्रेसकै नेतृत्वमा सम्भव भएको दाबी समेत गरे ।

त्यस्तै, क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले तनहुँलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको केन्द्र बनाएर समृद्धि हासिल गर्ने आफ्नो लक्ष्य रहेको बताउ । वन मन्त्री हुँदा आफूले भानुभक्त प्राणी उद्यानमार्फत हजारौँलाई रोजगारी दिने पहल सुरु गरेको उल्लेख गर्दै उहाँले विकासको जग बसिसकेकाले अधुरा काम पूरा गर्न आफू मैदानमा आएको प्रष्ट पारे । “मनकामना केबलकारले जसरी स्थानीयलाई रोजगारी दियो, त्यसैगरी तनहुँमा पनि ठुला आयोजनामार्फत आर्थिक क्रान्ति ल्याउनु छ,“ भण्डारीले भने “इलाका प्रशासन, सिँचाइ र विद्युत्का कार्यालयहरू स्थापना गरेर सेवा प्रवाहलाई जनताको घरदैलोमा पुर्‍याउने काम कांग्रेसले नै गरेको हो । म जनताको सुख–दुःखको साथी हुँ, समस्या पर्दा जुनसुकै बेला मलाई सम्झन सक्नुहुन्छ ।’’ नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष आशिष कैनीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष हिरा थापाले स्वागत मन्तव्य राखेका थिए । । कार्यक्रममा ‘जेन–जी’ पुस्ताका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने सहभागी युवाहरूले विकास र सुशासनका लागि कांग्रेस उम्मेदवारहरूलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS