images
images

तनहुँमा किशोरीलाई एचपिभी खोप लगाइने

images

दमौली , २५ माघ ।
तनहुँमा जिल्लामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले यही माघ २९ गतेदेखि आगामी फागुन ५ गतेसम्म किशोरीलाई एचपिभी खोप लगाउन लागेको हो ।
विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका, हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत आवमा छुट भएका विद्यालय नजाने ११ देखि १४ वर्षका २ हजार ६२५ जना किशोरीलाई उक्त खोप लगाउन लागिएको कार्यालका प्रमुख अम्वर दवाडीले बताए ।
गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो । हरेक विद्यालयमा केन्द्र सञ्चालन गरी किशोरीलाई एचपिभी खोप लगाइने दवाडीले बताए । आइतबार दमौलीमा अयोजित कार्यक्रममा खोप कार्यक्रममा सफल बनाउन सबैमा आगैह गरिएको थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लको अध्यक्षमा भएको अभिमुखिकरण कार्यक्रममा सरोकारवालहरुको सहभागिता रहेको थियो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले लगायत जिल्लाका संचारकर्मिहरुको सहभागिता रहेको थियो । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने कँडेलले बताए ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS