तनहुँ ।
आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
य
२०८२ साल माघ १३ गतेदेखि सञ्चालन भएको उक्त शिविरमा माघ १३, १४ र १५ गते मोतियाबिन्दु छनोट कार्यक्रमअन्तर्गत ६ सय जनाको ओपीडी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ सय १७ जनामा मोतियाबिन्दुको पहिचान गरिएको थियो।
पहिचान भएका बिरामीमध्ये माघ १६ र १७ गते गरी ८९ जनाको सफल मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीलाई आवश्यक परामर्श तथा थप उपचारका लागि सिफारिस गरिएको छ।
शिविरको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमानले आँखा उपचार सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै शिविर सफल बनाउन सहयोग गर्ने नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरे । साथै उनले शिविरबाट सेवा लिएका सम्पूर्ण सेवाग्राहीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
ग्रामीण नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको गाउँपालिकाको भनाइ छ।















