images
images

व्यास नगर अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व

images

दमौली, तनहुँ।
तनहुँको व्यास नगरपालिकाको आयोजनामा आठौँ व्यास नगर अल्ट्रा म्याराथन २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको म्याराथनमा धावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगितामा नेपाली सेनाका धावकहरूको बर्चस्व देखिएको छ। बझाङ्ग करण रावत प्रथम भएका छन्। उनले २ घण्टा ४८ मिनेट २७ सेकेन्डको समय निकाल्दै उपाधि जितेका हुन्।रामेछापका तिलक बहादुर सुनुवार दोस्रो भएका थिए। उनले २ घण्टा ५८ मिनेट १३ सेकेन्डमा दूरी पूरा गरे। तेस्रो स्थानमा रामेछापका होमलाल श्रेष्ठ रहेका छन्। उनले ३ घण्टा ४ मिनेट ०१ सेकेन्डको समय निकालेर तित्तिय स्थान हासिल गरेका थिए। चौथो स्थानमा काठमाडौंका श्रीकास राई र पाँचौँ स्थानमा राजन चौधरी रहेका छन्।
व्यास–५ मानुङ्गकोटबाट सुरु भएको म्याराथन व्यास–८ पुलिमराङस्थित शहीद स्मारक पार्कमा पुगेर समापन भएको हो। प्रतियोगितामा ४४ किलोमिटरको दूरी तय गर्नुपर्ने थियो। निर्धारित रुटमा मानुङ्गकोट, सिद्धमार्ग,अलैंची ,पृथ्वीराजमार्ग, दुर्गा मन्दिर, अनसन चौतारी,भोर्लेटारचोक, व्यास मार्ग, बैरेनी, कुमालटारी, खहरे, कलेस्ती, सत्रसय, रिस्ती र बाहुनपोखरा हुँदै पुलिमराङ जस्ता ठाउँ समावेश गर्दै पुलिमराङस्थित शहीद स्मारक पार्कमा समापन भएको थियो।
म्याराथनको उद्घाटन र समापन व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ रहेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले म्याराथनले दुई गाउँ बिचको सम्बन्धलाई राम्रो बनाउने साथै स्थानीय पर्यटकीय र ऐतिहासिक स्थललाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए।
श्रेष्ठले म्याराथनले ऐतिहासिक स्थल चिनाउन सँगै सो ऐतिहासिक एवम् पर्यटकीय स्थलको प्रचार र स्थानिय आम्दानीलाई वृद्धि गर्न टेवा पुग्ने बताए।
म्याराथनको प्रथम पुरस्कार नगद रु ८५ हजार ८२ रुपैयाँ द्वितीय पुरस्कार नगद रु ६५ हजार ८२ रुपैयाँ तृतीय पुरस्कार नगद रु ५५ हजार ८२ रुपैयाँ र सान्त्वना पुरस्कार नगद रु १६ हजार ८२ रुपैयाँ र प्रमाणपत्र रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले व्यास नगरपालिकाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थललाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS