images
images

सेल्टा भिगोसँग रियल मड्रिडको हार, दुई खेलाडीलाई रातो कार्ड

images

२२ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेल्टा भिगोसँग पराजित भएको छ । सेल्टा भिगोले रियललाई २-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सेल्टा भिगोको जितमा दुवै गोल विलियट स्वेडबर्गले गरे । उनले खेलको ५४औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गर्दैै टोलीलाई जित दिलाए ।

त्यसअघि ६४औं मिनेटमा फ्रान गार्सियाले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा अल्भारो कारेरासले पनि रातो कार्ड पाए ।

यो हारसँगै रियलले बार्सिलोनासँग अंकदूरी घटाउने अवसर गुमाएको छ र अब दुईबीच ४ अंकको फरक छ । रियल १६ खेलबाट ३६ अंकमै सीमित हुँदा शीर्षस्थानको बार्सिलोनाको ४० अंक छ ।

रियललाई हराएको सेल्टा भिगो १९ अंकसहित १०औं स्थानमा छ । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS