images
images

एभरेस्ट महिला भलिबल लिग आजदेखि पुन: सञ्‍चालन हुँदै

images

२६ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरू आजदेखि पुन: सञ्चालन हुँदैछन् ।

गत २० भदौदेखि पोखरामा सुरु भएको दोस्रो संस्करणको प्रतियोगिता जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको थियो ।

प्रतियोगिता आजदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुन लागेको हो । आयोजक ईन्फिनिटी ड्रिम्सले आइतबार खेलतालिका पनि सार्वजनिक गरिसकेको छ ।

लिगको १६ मध्ये ९ खेल सम्पन्न भइसकेको छ । अब फाइनलसहितका बाँकी ७ खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् ।

आजको पहिलो खेलमा दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेड खेल्ने छन् । आजै साँझ ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ ।

६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगितामा ललितपुर क्विन्स र कर्णाली यशविसले सुरुवाती तीन खेल जितेर अपराजित छन् ।

आजको खेल जित्दै दुवैलाई एक खेल अघि नै फाइनलमा स्थान बनाउने अवसर छ । शीर्ष दुईमा रहने टोली फाइनल पुग्ने प्रावधान छ । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS