images
images

नेपालमा हुने भनिएको काभा महिला नेसन्स लिग स्थगित

images

२९ भदौ, काठमाडौं । आगामी नोभेम्बर १५ देखि २२ सम्म नेपालमा हुने तय भएको काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को शनिबार भर्चुअलमार्फत बसेको बोर्ड मिटिङले काठमाडौंको टुडिँखेलमा गर्ने भनिउको काभा महिला बउटडोर नेसन्स लिग स्थगित गर्ने निर्णय गरेको हो ।

नेपालको वर्तमान परिस्थितीको कारण प्रतियोगिता स्थगित गरेको काभाले जनाएको छ ।

साथैले काभाले यो चुनौतीपूर्ण समयमा नेपाल भलिबल संघ, त्यसका सदस्यहरू तथा नेपाली जनतासँग ऐक्यवद्धता प्रकट गरेको छ ।

यसैगरी काभाले नेपाल भलिबल संघको प्रशंसा गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको नेतृत्व, निरन्तर समर्पण र टोली भावना प्रति उच्च प्रशंसा व्यक्त गरेको छ ।

काभाले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदप्रति पनि नेपालमा भलिबलको विकास र विस्तारका लागि देखाइएको अटूट प्रतिबद्धताप्रति आभार व्यक्त गरेको छ ।

काभाले वर्तमान परिस्थितिको समाधान चाँडै हुने आशा व्यक्त गर्दै नेपालमा प्रतियोगिता सकेसम्म चाँडै हुने आशा राखेको छ ।

यस्तै नेपाल भलिबल संघले पनि विज्ञप्ती जारी गर्दै नेपालको पछिल्लो परिस्थितीका कारण काभा महिला नेसन्स लिग स्थगित भएको र यहाँको अवस्था सामान्य भएपछि प्रतियोगिता हुने जनाएको छ ।

भलिबल संघले तोकिएको समयमा काभाका अधिकांश राष्ट्रले नेपालमा टिम पठाउन अस्वीकार गरेको र यस्तो अवस्थामा नेपालमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नु भलिबल संघका लागि चुनौतीपूर्ण रहेको समेत जनाएको छ ।

काभा नेसन्स लिगको लागि नेपाल भलिबल संघले हिमालय टिभीसँग ब्रोडकास्टिङ तथा मार्केटिङ राइट्स सम्बन्धि सम्झौता समेत गरिसकेको थियो ।

भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिको घटनाको कारण उत्पन्न विषम परिस्थितीले गर्दा पोखरामा सञ्चालन भएको एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पनि बिचैमा स्थगित भएको थियो ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS