images
images

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिकामा सामान्य हेरफेर

images

१७ भदौ, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको ऐतिहासिक टी-२०आई शृंखलाको खेलतालिकामा सामान्य परिवर्तन भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा खेलहरू हुने भनिएकोमा अब २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछन् ।

नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ ।

क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी-२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।

यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।

क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।

यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो ।

खेल तालिकास्

पहिलो खेल : २७ सेप्टेम्बर २०२५

दोस्रो खेल : २९ सेप्टेम्बर २०२५

तेस्रो खेल : ३० सेप्टेम्बर २०२५

-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS