१५ भदौ, काठमाडौं । टेनिसकी माहिका राणा र बास्केटबलका बिजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् ।
कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले त्यस अवसरमा सुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली खेलकुद बिकाउमात्र उपयोग गर्नु बताए ।
बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र ओलम्पिक कमिटीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिह गुरुङको पनि उपस्थिति थियो ।अनलाइनखबर
















