images
images

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको लगातार दोस्रो हार

images

१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ ।

बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा एपीएफ थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग ४-० गोलअन्तरले पराजित भएको हो ।

उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलको पहिलो हाफमा २ गोल गरेको कलेज अफ एसियन स्कोलार्सले दोस्रो हाफमा थप २ गोल गर्‍यो ।

एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो । आजको हारपछि एपीएफको समूहविजेता बन्ने सम्भावना सकिएको छ ।

लगातार दोस्रो जित निकालेको कलेज अफ एसियन स्कोलार्सले भने समूहविजेता बन्ने सम्भावना बलियो बनाएको छ । उसले पहिलो खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले पराजित गरेको थियो ।

प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।

एपीएफ अब उत्कृष्ट उपविजेता बन्ने सम्भावना पनि छैन । अन्य समूहका दोस्रो स्थानमा रहने टोलीहरू पनि पहिले नै ६ अंकमा पुगिसकेका छन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS