images
images

साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

images

८ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलमा नेपालले पनि गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS