images
images

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, मन्त्रालयको प्रस्तावमा सांसदहरू असहमत

images

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन ।

सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् ।

निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले स्वीकार नगरेपछि सहमति नजुटेको हो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्ण छात्रवृत्ति दिने विषय विधेयकमा नराखेर नियमावलीमा राख्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्तावमा एमालेकै सांसद र अन्य सांसदहरूले आपत्ति जनाएका थिए ।

मन्त्रालयको त्यो प्रस्तावमा एमाले सांसद विद्या भट्टराई, कांग्रेस सांसद चन्द्रकान्त भण्डारी, माओवादी सांसद ज्ञानु बस्नेत सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीलगायतले विरोध गरेका थिए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २ दशमलव ५ प्रतिशत आवास सुविधा दिन गरेको प्रस्तावमा पनि सांसदहरूले सहमति जनाएनन् । यो मन्त्रालयको प्रस्तावमा एमाले सांसद भट्टराईले प्रश्न उठाइन् । सांसद भट्टराईले प्रश्न गर्दै भनिन्, ‘२ दशमलव ५ प्रतिशत छात्रवृत्ति दिने प्रस्ताव कुन सैद्धान्तिक र कानुनी आधारमा ल्यायौँ रु’

भट्टराई निवर्तमान शिक्षामन्त्रीसमेत हुन् । छलफलमा सांसद डिगबहादुर लिम्बू र सांसद सुमना श्रेष्ठले पनि आपत्ति जनाए ।

अर्को बैठक बिहीबार बिहान ८ बजेका लागि बोलाइएको छ । विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने विषय विवादित छ । त्यो विवाद समाधानका लागि मन्त्रालयले ल्याएको प्रस्तावमा सांसदहरूले असन्तुष्टि जनाइरहेका छन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS