images
images

महिला भलिबल टिमको जर्सी प्रायोजनका लागि एनभीएले खुलायो आवेदन

images

१ भदौ, काठमाडौं । नेपाल भलिबल संघले नेपाली महिला राष्ट्रिय भलिबल टिमको जर्सी प्रायोजनका लागि आवेदन खुलाएको छ।

संघका अनुसार न्यूनतम वार्षिक प्रायोजन रकम ५० लाख रुपैयाँ तोकिएको छ भने अवधि २ वर्ष रहनेछ। ब्रान्डको लोगो महिला टिमको जर्सीको अगाडिको भागमा राखिनेछ।

आवेदन गर्न इच्छुक कम्पनी वा फर्मले २०८२ भदौ १५ गते साँझ ५ बजेसम्म संघको कार्यालय, त्रिपुरेश्वर वा संघको आधिकारिक इमेलमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

संघले प्राप्त आवेदन स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफ्नो हुने जनाएको छ।

नेपाली महिला भलिबलले पछिल्लो समय लगातार सफलता हात पारिरहेको छ र आउने नोभेम्बरमा घरेलु कोर्टमै काभा वुमन्स नेसन्स लिग खेल्दैछ ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS