images
images

नेपालले टप एण्ड टी-२० सिरिजपछि थप पाँच अभ्यास खेलहरू खेल्ने

images

२९ साउन, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो ।

यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ । त्यस्तै ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ ।

टप एण्ड टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल भोलि खेल्दैछ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS