images
images

काहुँ डाँडामा पर्यटक बोलाउन रोपियो लालीगुराँस

images

पोखरा । पोखराको पर्यटकीय गन्तव्य काहुँ डाँडामा लालीगुराँस रोपिएको छ ।

‘गुराँस फुलाउँ, पर्यटक बोलाउँः हाम्रो अभियान, आगन्तुकको प्रोत्साहन’ भन्ने नारा सहित पर्यटक आकर्षित गर्न लालीगुराँस रोपिएको हो ।

काहुँ डाँडाको धरहरा परिसरमा ५५ वटा लालीगुराँसका बिरुवा रोपिएको वैदेशिक रोजगार शाखा संरक्षण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिए । सोही सङ्घ सहितका संस्थाहरूको सहकार्यमा लालीगुराँस रोपिएको हो ।

वडा नम्बर ११ का सदस्य विष्णु घिमिरेले लालीगुराँस पछिल्लो समय काहुँडाँडाको पहिचान बन्दै गएको बताए । पोखराबाट नजिकको दुरीमा लालीगुराँस हेर्न काहुँडाँडा प्रमुख गन्तव्य हो । ‘पोखरा भ्यालीबाट लालीगुराँस हेर्न मन लाग्नेलाई नजिक भनेकै काहुँडाँडा हो,’ उनले भने, ‘अहिले थोरै मात्रै गुराँस छ । बर्सेनि रोप्दै गएपछि सङ्ख्या बढ्छ र पर्यटक पनि थपिन्छन् ।’

धारापानी सामुदायिक वन उपभोक्ता समितिको रोहबरमा गुराँसका बेर्ना रोपिएको आयोजकले जनाएको छ । ‘आज रोपिएका यी बिरुवा भोलि फुलेर काहुँ डाँडाको सौन्दर्य बढाउँदा यहाँ आउने पर्यटकको सङ्ख्यामा पक्कै वृद्धि हुनेछ । यो सहकार्यको एक उत्कृष्ट नमुना हो,’ सङ्घका अध्यक्ष श्रेष्ठले भने । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS