images
images

सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्नुपर्छ : शंकर पोखरेल

images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न नसकिने बताएका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपालले साउन १५ का अवसरमा आयोजना गरेको खिर खाने कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘सामाजिक अराजकता र राजनीतिक अस्थिरतामाथि विजय हासिल गर्न नसके विकास र समृद्धिको आकांक्षा पुरा गर्न सकिँदैन’, महसचिव पोखरेलले भने,‘त्यसअर्थमा विकास र समृद्धिका लागि राज्यलाई बलियो बनाउनुपर्छ ।’

पोखरेलले बलियो राज्यका लागि राजनीतिक दलहरूलाई बलियो बनाउनुपर्ने र राजनीतिक दलहरूलाई बलियो बनाउन नीतिगत रूपमा राजनीतिक ध्रुवीकरणको अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले नयाँ पुस्ताले जनमत विभाजित गर्ने परम्परालाई बदलेर एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिँदै महासचिव पोखरेलले नेकपा एमाले युवाहरूको उज्जल भविष्य सुनिश्चित गर्ने सामर्थ्य राख्ने पार्टी भएकैले युवाहरूको आकर्षण एमालेका बढेको बताए । ‘अव नेकपा एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दिशामा अघि बढ्नुपर्छ’, पोखरेलको भनाइ छ ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS