images
images

‘ओलम्पिक कमिटीको तदर्थ समिति छिटै गठन हुन्छ’

images

१४ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति छिट्टै गठन गर्ने बताएका छन् ।

बुधबार नेपाल एथ्लेटिक्स संघको साधारण सभा तथा निर्वाचन कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ओलम्पिक कमिटीको नयाँ समिति गठन गर्ने बताएका हुन् ।

उनले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीको निर्देशन अनुसार नै ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्न लागेको जानकारी दिए ।

आइतबार राति २२ खेल संघ र युवा तथा खेलकुद मन्त्री चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी ओलम्पिक विवादबारे जानकारी गराएका थिए ।

त्यसमा प्रधानमन्त्रीले नयाँ ओलम्पिक कमिटी नै गठन गर्ने निर्देशन दिएको सहभागीहरूले बताएका थिए ।

खेलकुदमन्त्रीले पनि प्रधानमन्त्रीको निर्देशनबारे चाँडै पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने बताएका थिए ।

तर एथ्लेटिक्स संघको निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने बताएका हुन् ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS