images
images

व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • images
  • २७ असार २०८२, शुक्रबार १५:५२
images

दमौली,तनहुँ

तनहुँको व्यास नगरपालिका कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा शुक्रबार प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

व्यास नगरपालिका वडा नं १२,१३ र १४ का वडाबासीलाई लक्षित गरी सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, नेपाली काँग्रेस जिल्ला सदस्य सिर्जना तिवारी,नेकपा एमाले जिल्ला सचिव प्रदिपराज अधिकारी,रास्वपा व्यासनगर कमिटी सभापति चूडामणि दाहाल लगायतका वक्ताहरुले व्यास नगरपालिकाले आफ्ना कमि कमजोरीलाई सुधार गर्दै आउँदा दिनमा सुधार गर्नुपर्नेमा कुराहरुमा जोड दिएका थिए ।

सो अवसरमा प्रजिअ अधिकारीले प्रशासन कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिएको सेवा प्रवाहको बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा छाब्दी बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर थापा,हिकबहादुर रानाभाट,दुर्ग थापा,रामचन्द्र थापा,धनकुमारी थापा,इन्द्र बहादुर थापा,माधव पन्थ,दुर्गबहादुर थापा,इन्द्रबहादुर कँडेल,सन्तोष थापा,धनबहादुर आले,टुक प्रसाद दाहाल,गजेन्द्र पन्थ लगायतका नागरिकले विकास निर्माण,सेवाप्रवाहमा चुस्तदुरुस्त हुनुपर्ने लगायतका बिषयमा जोड दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष,वडासदस्य,कार्यपालिका सदस्य,व्यास नगरपालिका कार्यालयका कर्मचारी लगायतका सक्रिय उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ शाखा तनहुँका अध्यक्ष डिपी अधिकारीले कार्यक्रम संचालन गरेका थिए। उक्त कार्यक्रममा करीब दुई सयको हाराहारीमा नागरिकहरुको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS