लमजुङ। जल तथा मौसम विज्ञान विभागले लमजुङ जिल्लाको खुदी बजारस्थित खुदी खोलामा जल सतह सतर्कता तह पार गरेको जानकारी दिएको छ।
शनिबार बिहान १ः२० बजे जारी सूचनामा विभागले जल सतह अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने तथा आसपास यात्रा गर्ने सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागले आकस्मिक बहावको सम्भावना रहन सक्ने भन्दै जोखिमयुक्त स्थानहरूबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।-रातोपाटी
















