images
images

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।

विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको वेबसाइट वा सिधै entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।- रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS