images
images

बजेटमा बदमासी गर्ने गण्डकीका अर्थसचिव कारबाहीमा

images

पोखरा । बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई कारबाही गरिएको छ । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो ।

उनलाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा तानिएको छ । ‘उहाँलाई पत्र गइसकेको छ । बजेटमा भएको गलत गतिविधिको चाहिँ आन्तरिक छानबिन हुन्छ’ मुख्यमन्त्री कार्यालयका एक उच्च कर्मचारीले भने, ‘अर्थको जिम्मेवारीबाट तान्नु पनि कारबाही हो ।’

मन्त्रालय स्रोतका अनुसार विकास कार्यक्रम तयार गर्ने क्रममा नीतिगत प्रक्रिया उल्लङ्घन, विषयगत मन्त्रालयको सिफारिसविनै योजना समावेश र आफ्नै पालिका भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप उनीमाथि छ ।

वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा पाण्डेको जन्मस्थान समेत रहेको तनहुँको भानु नगरपालिका, विशेषतः चितिखोला क्षेत्रमा मात्रै दर्जनौँ योजना विनियोजन गरिएको छ । जसको समाचार रातोपाटीले तथ्यसहित लेखेको थियो । बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, वृत्तचित्र निर्माण जस्ता शीर्षकमा झन्डै ३३ करोड रुपैयाँ बजेट खन्याइएको छ ।

पाण्डेले गरेको काममा सांसदहरूले प्रश्न उठाएका थिए । जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार संवेदनशील रहेको र छिट्टै परिमाण देखिने बताएका थिए ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS