images
images

आँबुखैरेनी गाउँपालिकाद्वारा १६ वटा स्मार्ट बोर्ड वितरण

  • images
  • १० असार २०८२, मंगलवार ०९:१८
images

तनहुँ —

जहाँ प्रविधी छ, त्यहाँ सम्भावना छ जहाँ शिक्षा छ, त्यहाँ उज्यालो भविष्य छ” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शिक्षण–सिकाइ प्रणालीमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण कदम चालेको छ।
गाउँपालिकाको सामुदायिक शिक्षा सुधार नीति तथा कार्यक्रम अन्तर्गत आज मिति २०८२ साल असार ९ गते ६५ इन्चको १६ थान ीभ्म् क्mबचत द्ययबचम गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा वितरण गरिएको हो। प्रविधिमैत्री शिक्षणको प्रवर्द्धन गर्न उक्त स्मार्ट बोर्डहरू वितरण गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले निःशुल्क शिक्षा अभियान समेत सञ्चालन गरिरहेको छ। “सामुदायिक विद्यालय सुधार अभियानले गति लिएको छ,” अध्यक्ष चुमानले बताए, “अब हामी प्रविधिको सहायताले शिक्षालाई अझ गुणस्तरीय, प्रभावकारी र विद्यार्थीमैत्री बनाउँदैछौं।”
स्मार्ट बोर्डको सहि प्रयोगमार्फत कक्षाकोठालाई डिजिटल बनाउँदै शिक्षण–सिकाइलाई सहज, रोचक र व्यावहारिक बनाउन सकिने अपेक्षा गरिएको छ। दृश्य–श्रव्य माध्यममार्फत सिकाइ प्रक्रियामा सुधार आउने विश्वास गरिएको छ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले डिजिटल साधनहरूको पहुँच अभिवृद्धि गर्न थालेको छ। यस अभियानले ग्रामीण भेगका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय र प्रविधिसम्पन्न शिक्षा प्रणालीको जग बसाल्ने गाउँ पालिकाले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS