images
images

हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ

images

तनहुँ । तनहुँको देवघाटमा एक युवकको हत्या गरी फरार रहेका जोगी भनिने लोक बहादुर महत पक्राउ परेका छन्। महतलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले चितवनको देवघाटस्थित वृद्धाश्रमबाट पक्राउ गरेको हो।

गत २०८२ असार ५ गते बिहान करिब ५ बजे तनहुँ देवघाट गाउँपालिका–५, बद्रिमुक्ती टोलमा ३२ वर्षीय प्रकाश पौडेलको मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले कुटपिट गरी हत्या गरेका थिए। उक्त घटनामा संलग्न रहेका जिल्ला पाल्पा तानसेन नगरपालिका–८ नयाँपाटी निवासी २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौडा उपमहानगरपालिका–३ हटिया निवासी ४२ वर्षीय राम लामा सो दिन पक्राउ परेका थिए।

घटनामा संलग्न रहेका महोत्तरी बर्दिवास नगरपालिका–१ निवासी ४६ वर्षीय महत भने वारदातपछि फरार थिए। प्रहरी चौकी देवघाट तनहुँबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमान्डमा खटिएको चार सदस्यीय टोलीले चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा महतलाई असार ७ गते बिहान पक्राउ गरेको हो।

हाल उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीमार्फत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको छ।- रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS