images
images

तनहुँमा दुर्घटना हुदा एक जना को मृत्यु

  • images
  • १ असार २०८२, आईतवार १२:४१
images

 

सुशील बि.क.  

 १ असार २०८२, आईतवार,तनहुँ

 

तनहुँको व्यास नगरपालिका-१२, कमलबारीस्थित पृथ्वी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आज दिउँसो करिब १ः४५ बजेको समयमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग २५ प ४१३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक गोरखा नगरपालिका–१३, अबुवा देउरालीका २२ वर्षीय आसिक बाबु नरालको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। निधारमा गहिरो चोट, पेटमा गम्भीर चोट र बायाँ घुँडामा काटिएको अवस्थामा दमौलीस्थित प्रदेश अस्पताल ल्याइएका उनलाई उपचारकै क्रममा दिउँसो २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटरको पछाडि सवार रहेका मृतकका बुबा ४७ वर्षीय कृष्ण प्रसाद नराल भने मध्यम घाइते भएका छन्। बायाँ घुँडामा चोट लागेका उनलाई बोल्न सक्ने अवस्था रहेकाले तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको छ। दुर्घटनापछि स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS