images
images

आँबुखैरेनी गाउँपालिकाका विद्यार्थीलाई गर्मी बिदा

images

आँबुखैरेनी

अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार २८ गतेदेखि असार ३० गतेसम्म तीन दिनका लागि गर्मी बिदा घोषणा गरेको छ।

गाउँपालिकाको निर्णय अनुसार गर्मीको कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै अस्थायी बिदा दिने निर्णय गरिएको हो। यसबारे गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

विद्यालय बन्द रहे पनि यस अवधिमा विद्यार्थीलाई निम्न उपायहरू अपनाएर गर्मीबाट जोगिन सुझाव दिइएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’ गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा चिसो स्थानमा बस्ने ,प्रशस्त पानी पिउने ,दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कने

ताजा फलफूल तथा पोषिलो खाना खाने र बिहान वा साँझ मात्र शारीरिक क्रियाकलाप वा खेलकुद गर्न अनुरोध गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS