images
images

भागबन्डामा उच्च बार पोखरा, शालिग्राम सर्वसम्मत

images

पोखरा । उच्च अदालत बार एसोसिएसन पोखराको आगामी कार्यकालका लागि भागबन्डामा कार्यसमिति चयन गरिएको छ । कांग्रेस निकट डीएलए, एमाले निकट पीपीएलए, माओवादी निकट आरपीएलए र नेकपा एकीकृत समाजवादी निकट एसपीएलएबिच भागबन्डामा समिति चयन भएको हो ।

अध्यक्षमा डीएलएका शालिग्राम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा यामबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा सुजाता ढकाल निर्वाचित भएका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष डीएलएका हुन् भने उपाध्यक्ष र सहसचिव पीपीएलएका हुन् ।

सदस्यमा डीएलएका ४, आपीएलएका २, पीपीएलएका १ र एसपीएललका भागमा १ जना निर्विरोध चयन भएका छन् । लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बराल सदस्यमा निर्वाचित भएका निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले जानकारी दिए । –रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS