. सुशील बि.क. दमौली ,तनहुँ
तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित श्री निर्मल माध्यमिक बिधालयमा कार्यरत लिओ क्लब अफ तनहुँ निर्मल अल्फाको बिहिवार सम्पन्न अधिबेशन बाट विद्यार्थी सुरज आले मगर चयन भएका छन।अधिवेशनबाट आलेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ।

त्यस्तै लियो क्लब अफ तनहुँ निर्मल अल्फाका प्रथम उपाध्यक्षमा बिनर्म ढकाल,द्वितीय उपाध्यक्ष अन्जली बि .क.,तित्तीय उपाध्यक्ष रविना सुनार सचिब किरण सुनार ,सहसचिव युनिका छिमाल, कोषाध्यक्ष सिखा मल्ल,सह कोषाध्यक्ष सृष्टि थापा समितिमा चयन भएका छन्।

लियो क्लब अफ तनहुँका प्रथम उपाध्यक्ष लिओ रोबिन श्रेष्ठ को सामापन भएको सो कार्यक्रमका प्रमुख अतिथि निर्मल माध्यमिक बिधालयका सहायक प्रधानाध्यापक बिरबहादुर बस्नेत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहेक प्रधानाध्यापक बस्नेतले लियो क्लब बनाउने जीवन अल्फाले विद्यार्थीको नेतृत्व विकास र सामाजिक ज्ञान विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै क्लबले आयोजना गर्ने विविध कार्यक्रममा विद्यालयका विद्यार्थीहरू सहभागी भई आफ्नो क्षमता वृद्धि गरेको बताए।

कार्यक्रममा लियो क्लब तनहुँका सचिव मुकेश बिडारी द्वितीय उपाध्यक्ष राम श्रेष्ठ,पूर्व अध्यक्ष मोहम्मद गफार लियो क्लब अफ तनहु निर्मला अल्फा का संस्थापक अध्यक्ष सुस्मिता चौधरी,पबिना न्यौपाने ,अलिशा बन्शी ठकुरी ,क्लबका अध्यक्ष सुशील बि.क.लगायत को उपस्तिथि रहेको थियो ।

















