images
images

कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images

काठमाडौँ। मोडल तथा कलाकार रिया गुरूङ (उजेली)  ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको शैक्षिक सामग्री वितरण गरेकी छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

कलाकार गुरुङले यो सहयोग प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।

वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सुर्यमान गुरुङले सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका थिए। उनले भने, ‘रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्‍याउने छ।’-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS