images
images

आज चौँथो दिन पनि राजावादीहरुले प्रदर्शन गर्दै

images

काठमाडौँ, १८ जेठ । राजसंस्था समर्थकहरुको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आज पनि व्यवस्थाकाविरुद्ध विरोध प्रदर्शन गर्दैछन् ।

आज समितिको चौँथो दिनको विरोध प्रदर्शन हो । यसअघि गत जेठ १५ गते बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले विरोध प्रदर्शन सुरु गरेको हो।

‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नारासहित गणतन्त्र स्थापना दिवसकै अवसरमा राजावादी शक्तिहरुले विरोध प्रदर्शन गरेका थिए ।

१५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका राजावादीहरुले १६ गते माइतीघर, १७ गते बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । आज पुनः केहीबेरमा नक्साल नारायणचौरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको राप्रपाका एक नेताले जानकारी दिए । उक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपालका शीर्ष नेताहरुको उपस्थिति रहने गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS