images
images

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ

images

लमजुङ । तरुण दल लमजुङको पाँचौँ अधिवेशनमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का ४२ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

उनलाई आजै जिल्ला अदालत पेस गरेर ७ दिन म्याद थपी ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

जेठ ३ गते जिल्ला अधिवेशनमा दुई पक्षबिच विवाद भएको थियो । सोही समयमा केही व्यक्तिहरूले खुकुरी प्रहार गरेर ४ जना घाइते भएका थिए । त्यसपछि घाइतेका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले खोजी गरेको हो । अन्यको खोजी भइरहेको छ ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS