images
images

आँबुखैरेनीको भाइरल ऐना पहरामा जेठ १६ गते इन्द्रेणी कलाकारको दोहोरी कार्यक्रम हुने

images

आँबुखैरेनी गाउँपालिकाको वडा नं २ र ४ स्थित ऐना पहरामा आगामी जेष्ठ १६ गते शुक्रबार इन्द्रेणीको लोक दोहोरी कार्यक्रम आयोजना हुने भएको छ। सांस्कृतिक विकास केन्द्रद्वारा आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती दिने छन्। कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा प्रवेशका लागि टिकटको मूल्य रु १५० राखिएको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यक्रमले आँबुखैरेनीको पर्यटन र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । हामी यस कार्यक्रममा सहभागी सबैलाई आँबुखैरेनीको सांस्कृतिक सम्पदा र पर्यटनका अवसरहरूको बारेमा जानकारी गराउन चाहन्छौं,उहाँले भन्नुभयो यसले स्थानीय समुदायको आर्थिक समृद्धिमा पनि योगदान पुर्याउने विश्वास लिएका छौ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS