images
images

जोश हेजलवुड प्लेअफअघि बेंगलुरुको टोलीमा फर्किने

images

११ जेठ, काठमाडौं । अस्ट्रेलियन बलर जोश हेजलवूड आईपीएल २०२५ को प्लेअफअघि रोयल च्यालेन्जर्स बेंगलुरुको टोलीमा फर्किने लगभग पक्का देखिएको छ ।

मंगलबार अन्तिम लिग खेल र त्यसपछि प्लेअफ खेल्न लागेको बेंगलुरुका प्रमुख बलर हेजलवूड चोटपछिको विश्रामपछि टोलीमा फर्किने भएका हुन् । बेंगलुरुले पनि उनी फर्कने संकेत गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

हेजलवुडले यस सिजन आरसीबीका लागि १० खेलमा १८ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले अप्रिल २७ यता खेल खेलेका थिएनन् भने भारत–पाकिस्तानबीचको विवादका कारण आईपीएल रोकिँदा अस्ट्रेलिया फर्किएका थिए।

हेजलवुडले अष्ट्रेलियामा पुनः स्वास्थ्य लाभ लिएर प्रशिक्षण सुरु गरेका थिए। उनी आगामी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको तयारी स्वरुप ब्रिसबेनमा अस्ट्रेलियाको टेस्ट टिमसँग प्रशिक्षण गर्दै थिए ।

प्रशिक्षणमा उनी फिट देखिएपछि फेरि बेंगलुरुको टोलीमा फर्किने भएका हुन् ।

बेंगलुरु यसअघि नै प्लेअफमा पुगिसकेको छ तर शुक्रबार सनराइजर्स हैदराबादसँगको खेलमा पराजित भएपछि शीर्ष दुई स्थानमा पुग्ने आशामा केही झट्का लागेको छ।

बेंगलुरु मात्र नभएर शीर्ष २ को होडमा रहेका तीन टोलीहरू नै पछिल्लो खेलमा पराजित भएकाले शीर्ष दुईको पूर्णरूपमा टुंगो लाग्न अन्तिम खेलसम्म नै पर्खनुपर्ने छ ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS