images
images

चेन्नईलाई हराउँदै राजस्थानले जितका साथ सिजन टुंग्यायो

images

७ जेठ, काठमाडौं । राजस्थान रोयल्सले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै सिजनलाई जितसँगै टुंग्याएको छ।

लगातार आठ पटक रन पछ्याउँदा हार व्यहोरेको राजस्थानले यो पटक फरक प्रदर्शन गर्दै १८८ रनको लक्ष्य १७।१ ओभरमै पुरा गर्‍यो।

यशश्वी जैसवालले आक्रामक सुरुवात दिलाउँदै १९ बलमा ३६ रन बनाएपछि अर्का ओपनर वैभव सूर्यवंशीले संयमित ५७ रन बनाए । ध्रुव जुरेलले अन्त्यमा १२ बलमा ३१ रन बनाउँदै जितलाई सजिलो बनाए।

चेन्नईका रवि आश्विनले २ तथा नूर अहमद र अंशुल कमबोजले १(१ विकेट लिए ।

त्यसअघि राजस्थानले चेन्नईलाई राम्रो ब्याटिङ पिचमा १८७ रनमै सीमित पारेको थियो। २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको चेन्नईका लागि आयुष माथरेले ४३, डेवाल्ड ब्रेभिसले ४२ तथा शिवम दुबेले ३९ रन बनाए ।

राजस्थानका आकाश मधवाल र युधविर सिंहले ३-३ विकेट लिँदा तुषार देशपाण्डे र वानिन्दु हसरंगाले १(१ विकेट लिए ।

यो जितसँगै राजस्थान १४ खेलबाट ८ अंकसहित नवौं स्थानमा यथावत् छ । अर्कोतर्फ, चेन्नई सुपर किङ्सलाई पहिलो पटक अंक तालिकाको पुछारबाट बच्न अन्तिम खेलमा अब ठूलो जित आवश्यक रहेको छ।-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS