पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शनिबार तालबेंसीमा दुर्घटना हुँदा फूलबारीका देवेन्द्र बास्तोलाको निधन भएको हो ।
बास्तोला पूर्व पत्रकार हुन् । उनी पछिल्लो समय राजनीतिमा संलग्न थिए । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।रातोपाटी
















