images
images

पिएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

images

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन  (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई २-१ ले हराएको पिएसजी समग्रमा ३-१ को जितसहित दोस्रोपटक फाइनल पुगेको हो ।

पिएसजीको जितमा फाबियन रुइज र अचरफ हाकिमीले १-१ गोल गरे भने आर्सनलका बुकायो साकाले गरेको गोल सान्त्वना बन्यो ।

रुइजले खेलको २७औं मिनेटमा गोल गरेका थिए भने हाकिमीले ७२औं मिनेटमा गोल थपे। त्यसपछि आर्सनलका लागि बुकायो साकाले ७६औं मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन।

पिएसजीले अब फाइनलमा उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर मिलानले स्पेनिस जायन्ट एफसी बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

पिएसजी यसअघि सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि बायर्न म्युनिखसँग १-० ले पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS