images
images

पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग

images

पोखरा । पर्वतमा भएको दुई गुटबिचको झडपमा गण्डकी एमालेले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति निकालेर एमालेले आफ्नै पार्टी कार्यालयमा कमिटी सदस्य अर्जुन पौडेलमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

अध्यक्ष नवराज शर्माले पार्टीको आन्तरिक विषयमा छलफल भइरहेका बेला पौडेलमाथि गरिएको साङ्घातिक आक्रमण अराजक, अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला अधिवेशनबारे विवाद हुँदा अवस्था झडपमा पुगेको हो ।

पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न गण्डकी एमालेले माग गरेको छ । ‘समस्यालाई शान्तिपूर्ण र विधिसम्मत ढङ्गले समाधान गर्नुपर्नेमा हिंसाको बाटो अपनाइनु अत्यन्त दुखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वमन्त्री पदम गिरी र राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको गुटले पर्वत एमाले थिलथिलो भएको छ । आन्तरिक कलह अहिले सतहमा झरेको छ । बुधबार गिरी समूहले तिमिल्सिना समूहका अर्जुन पौडेलमाथि आक्रमण गरेको बताइएको छ । पौडेल उपचाररत छन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS