images
images

भाटखोलामा वडास्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु

images

पोखरा । फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, पुलकोमुखमा २०८१ सालमा स्थापना गरिएको शिवशक्ति क्लबको आयोजनामा नयाँवर्ष २०८२ को अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार सुरु भएको छ ।

खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले गाउँगाउँमा खेलकुदको विकास गर्नु पर्ने पालिकाको सोच रहेको वताउँदै युवाहरुलाई खेलको माध्यमबाट गाउँपालिकाको नाम राख्न आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले जसरी खेलकुदमा अनुशासनको महत्व हुन्छ व्यवहारिक जिवनमा पनि अनुशासनको उत्तिकै महत्व हुने वताईन् ।

सो अवसरमा वडा नं. ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नंं. ४ का अध्यक्ष ख्यामनारायण पौडेल, वडा नं. १ का अध्यक्ष अमृत क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा ७ क्लब तथा समुहहरुको सहभागिता रहेको छ । आयोजक शिवशक्ति क्लबका ३ टिम, नेवि संघ फेदीखोलाको २ टिम, आरुखर्क, मट्टीखान, पातिहाल्ना र खड्केटारी १/१ टिम गरी ९ टिम सहभागि भएका थिए । प्रथम पुरस्कार खसी, ट्रफि र मेडल र दोस्रो पुरस्कार २ वटा कुखुराको भाले, ट्रफि र मेडल प्राप्त गर्ने कोषाध्यक्ष कुमार रानाभाटले वताए ।

फेदीखोला–३, भाटखोलाको कुनामा रहेको माझखेत भन्ने ठाउँको खेतको गरामा भलिवल कोर्ट बनाएर आयोजना गरिएको प्रतियोगिता हेर्न सयौंको संख्यामा दर्शकको उपस्थिति रहेको थियो । प्रतियोगिताको लागि भलिवल खेलप्रेमीहरुको पनि साथ रहेको थियो ।

प्रतियोगिताको उद्घाटनका अवसरमा उनिहरु वा उनिहरुका आफन्तलाई सम्मान पत्र, खादा र अविर लगाएर सम्मान गरिएको, त्यसैगरी फेदीखोला प्रहरी चौकी, भाटखोला स्वास्थ्य चौकी, शिवालय आमा समुह, लाई कदरपत्र तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको क्लबका अध्यक्ष ताराबहादुर रानाभाटले वताए ।

अध्यक्ष ताराबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा प्रतियोगिता बारे प्रकाश फेदीखोला ३ का वडा सदस्य तथा क्लबका सल्लाहकार कुलबहादुर रानाभाटले र कार्यक्रम संचालन जनप्रिय माविका शिक्षक पदम बहादुर रानाभाटले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS