images
images

अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

images

पोखरा । विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा नौलो घुम्ती नेपाल, नयाँ जिवनका लागि टेबल टेनिस परियोजनाको आयोजना, गण्डकी प्रदेश टेबल टेनिस संघ र कास्की जिल्ला टेबल टेनिस संघको सहकार्यमा पोखरामा संचालित पुनःस्थापना केन्द्रमा उपचाररत महिला तथा पुरुषका विच रिहाब टेबल टेनिस टुर्नामेन्ट गत सोमबार सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय टेबल टेनिस फाउण्डेसनको आर्थिक सहयोग संचालित टुर्नामेन्टमा पोखरामा रहेका १० वटा पुनःस्थापना केन्द्रका ४० जना खेलाडिहरु सहभागी भएका थिए ।

मेन्स सिङ्गल, मेन्स डबल, वुमेन सिङ्गलका विधाको टुर्नामेन्टमा मेन्स सिङगलमा प्रथम सुशान्त, दोस्रो रजत, तेस्रो रुपक र रोहन, मेन्स डबलमा प्रथम अन्जन र प्रदिप, दोस्रो अंकित, कमल, तेस्रोमा रोशन र आयुश र निशान र मिलन, वुमेन्स सिङगलमा प्रथम सजना, दोश्रोमा आइसा, तेस्रोमा सुनिता र प्रिन्सा विजयी भएका थिए ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुन बहादुर लामा, गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगर, कार्यकारी प्रमुख अनेश गुरुङ, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामा लगायतले वोलेका थिए । कार्यक्रम संचालन नौलो घुम्ती नेपालका परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS