images
images
images

वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

images

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्राकारले विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । आफूले प्राप्त गरेको भत्ता वापतको रकमबाट सोही वडाको अन्तरराष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलवका १४ जना विद्यार्थीलाई आज विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयमा विपन्न छोराछोरी अध्ययन गर्ने भएकाले, उनीहरुलाई पठनमाठनमा सहयोग पुर्याउने उद्देश्यले पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको अध्यक्ष ताम्राकारले बताए । गतवर्ष सदरमुकामस्थित बालमन्दिरका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए ।

यसवर्ष सदरमुकाम नजिकै रहेको युवा वर्ष आविका विद्यार्थीलाई सरकारी मापदण्ड अनुसारको सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपीका साथै पेन्सिल, र कापी वितरण गरेका हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS