तनहुँ, १९ फागुन ।
सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला –२०८१ कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकामा रहेको अन्तरहीन प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रममा आँबुखैरेनी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबाट गरी ४१ जना विद्यार्थी सहभागि भएका थिए ।
कार्यक्रममा लक्ष्मीमावि प्युघर कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रवेश आले प्रथम भएका छन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आर्चाय, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर आँबुखैरेनी क्याम्सका निवर्तमान क्याम्पस प्रमुख वावुराम देवकोटा, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।
रामशाह माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
















