images
images

बन्दीपुर अस्पतालको कमाण्ड डा. गिरीको हातमा

images

 तनहुँ
बन्दीपुर अस्पतालको  कमाण्ड डा. अनिल गिरीले  सम्हालेका छन् । गिरीलाई सोमबार अस्पतालको मेसुको जिम्मेवारी दिइएको हो ।  प्रदेश लोक सेवा आयोगको सिफारिस अनुसार डा. गिरी नवौं तहमा मेडिकल सुपरिटेन्डेन्टको स्थायी नियुक्ति पाई अस्पतालमा आएका हुन् । आयोगले स्थायी नियुक्तिको निर्णय गर्दै उनलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । यसअघि डा. गिरी चतरा अस्पताल, सुनसरीमा कार्यरत थिए । त्यहाँको कार्यकालमा उनले अस्पतालमा राम्रो सुधार गरेर चर्चा  कमाएका थिए ।

बन्दीपुर अस्पतालमा आयोजित एक स्वागत तथा परिचयात्मक कार्यक्रमबीच  गिरीले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।  बन्दीपुर अस्पतालमा लामो समयदेखि स्थायी मेसु पद रिक्त रहँदै आएको थियो।  तनहुँको बन्दीपुर गाउँपालिका–४ रहेको अस्पताल २०२२ सालमा स्थापना भएको  थियो । बन्दीपुर अस्पतालमा हाल १५ शैयाको क्षमता रहेको छ।

अस्पतालमा हाल ४ जना डाक्टरहरूको टिमले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । दाँत तथा आँखाको उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा, वृद्धा तथा अपाङ्ग र अति विपन्नलाई निःशुल्क उपचार, एम्बुलेन्स सेवा, माइनर अपरेशन, फार्मेसी, ल्याब, भिडियो एक्सरे र एक्सरेजस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS