
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ तर्फको प्रवीणता प्रमाणपत्र तह नर्सिङ र बीएस्सी नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
नतिजा nnc.org.np मा लगइन गरेर हेर्न सकिने सूचनामा उल्लेख छ । साथै नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा पनि नतिजा हेर्न सकिनेछ । परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउने छन् ।
उत्तीर्ण भएका परीक्षार्थीहरूले रु १२०० भुक्तान गरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन् । प्रमाणपत्र लिन आउँदा परीक्षाको लागि पेस गरेको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू लगायत नागरिकताको सक्कल प्रति लिएर आफू स्वयम् परिषद्मा आउनु पर्ने सूचनामा उल्लेख छ । रातोपाटी