images
images

वेदअनुयायी प्रतिष्ठानकाे साधारण सम्पन

images

बेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समिति को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै ब्यासका अध्येता काशीनाथ न्यौपानेले नित्य निरन्तर सकारात्मक सोच,सकारात्मक विचार सकारात्मक कर्म गर्नु जरुरी भएको बताए । ब्याक्तिको कर्म र चरित्र निर्माणबाट उसको जीवन निर्भर हुने बताउदै वेद धर्मको मुल आधार भएकाले बताए ।

बेदानुयायी प्रतिष्ठान नेपालका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले ४ वेद १८ पुराणका रचायिता भगवान वेद ब्यासको जन्म भुमिलाई विश्व माँझमा चिनाउन, भगवान ब्यासको १०८ फुट मुर्तिलाई निर्माण सम्पन्न गराउन सबै तह र तप्काको सहयोग हुन आवश्यक रहेको वताए ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ध्यान ,ज्ञान भक्ति ,विवेक र अनुशासनले ब्याक्तिको जीवनमा सकारात्मक परिवर्तन आउने वताउदै, धर्म अनादी र वेद धर्मको विधान भएको बताउदै अक्षरश पालना गर्न सके जीवन सार्थक हुने वताए ।प्रजिअ थापाले धर्मको रक्षा गर्न सके ब्याक्तिको रक्षा हुने बताए ।

ब्यास नगरपालिकाका पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ भगवान वेद ब्यास र पराशर ऋषिको पुन्य भुमिलाई संसार भर पहिचान गराउन सबैको सहयोग हुन जरुरी भएको बताए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापा लगाएतका वक्ताहरूले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए। अधिवेशनले कृष्ण कान्त काफ्लेको अध्यक्षतामा २१ सद्सीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

केन्द्रीय कार्य समितिको अध्यक्ष पदमा पुन कृष्णकान्त काफ्ले निर्वाचित भएका छन। कार्य समितिको उपाध्यक्ष पदमा ऋषिराम ढुङ्गाना९ सेवक० र अन्जनराज न्यौपाने निर्वाचित भएका हुन। समितिको महासचिव पदमा सत्यप्रसाद खनाल ,सचिव पदमा श्री भद्र न्यौपाने ,सहसचिव पदमा मंजु रेग्मी न्यौपाने निर्वाचित भए कि छन। यसैगरी समितिको कोषाध्यक्ष पदमा निर्मला वाग्ले न्यौपाने र सहकोषाध्यक्ष पदमा सरस्वती पौडेल निर्वाचिच भईन। यसैगरी प्रतिष्ठानको केन्द्रीय सदस्यहरुमा क्रमश दुर्गाभक्त अधिकारी ,मधुमाया घिमिरे,कोपिला थापा,लक्षमण श्रेष्ठ ,गीता सोती र मिरा राना भाट सर्व सहमत निर्वाचित भएका छन। निर्वाचन अधिकृत दोय डा,लक्षमीकान्त चापागाईं र अधिवक्ता शिवराज काफ्लेले नव निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारीहरुलाई सपथग्रहण गराएका हुन।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS