images
images
images

गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?

images

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसमा आज दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेका हुन् । बर्खे अधिवेशन गत असोज ८ गते सकिएको थियो ।

अधिवेशनको पहिलो दिनको बैठकको कार्यसूची आइतबार नै तयार भैसकेको छ । सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश सदनमा टेबुल गर्नेछन् ।

अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने सचिव हरिराज पोख्रेलले जानकारी दिए । अर्को बैठक माघ ३० गतेका लागि डाक्ने छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS