पोखरा । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले शनिबार विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव मनाएको छ ।
विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरि रजत महोत्सव मनाएको हो ।
महोत्सवको अवसरमा विद्यालयका दश वर्ष वढि सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने शिक्षकहरुमा जनक जमरकट्टेल, प्रेम सुवेदी, संगीता पन्थी र कर्मचारी राम कुमाल रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङ र संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले सम्मान पत्र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा जग्गादाता निल कुमारी गुरुङलाई पनि दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थी जिज्ञासु, लगनशिल र अनुशासित भएमा उद्देश्य प्राप्ती गर्न सकिने बताए ।
‘विद्यार्थीलाई छलफल गर्ने, रिसर्च गर्ने वातवरण वनाई दिने काम शिक्षकले गर्नुपर्दछ’ आचार्यले भने,‘विद्यार्थीले खोज्दा खोज्दै उत्तर पाउन सकेनन् भने शिक्षकले सहजिकरण गरिदिने हो । तव मात्र विद्यार्थी अव्बल वन्ने छ ।
उनले विद्यालयले गरेका हरेक गतिविधि उत्कृष्टता रहेको बताउदै कास्कीमा उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।
पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीका क्षमता प्रस्फुटन गर्न विद्यालयले गरेका गतिविधि सराहनिय रहेको बताए ।
पोखरा महानगर पालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले यस वडामा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि निजि तथा सामुदायिक विद्यालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
नेसनल प्याव्सनका केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र मोहन भट्टराईले शिक्षक अभिभाव र विद्यालय प्रशाशनको समन्वयले नै विद्यार्थीको भविष्य उज्जल हुने बताए ।
नेसनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले विद्यार्थीको हरेक विद्यार्थीमा फरक फरक क्षमता हुने बताउँदै विद्यार्थीका क्षमतालाई पहिचान गर्ने काम विद्यालयले गरेको उल्लेख गरे ।
नेसनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अग्रपक्तिमा रहेको बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानले विद्यालयको शैक्षिक गतिविधिको वारेमा जानकारी दिदै विद्यालयमा समयानुकुल शिक्षा प्रदान गर्दै जाने बताए ।
कार्यक्रममा विद्यालले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा विद्यालयबाट एसइइमा उत्र्तीण हुने विद्यार्थीलाई मायाँको चिनो प्रदान गरेको थियो ।
कार्यक्रमा मध्ये नेपाल नगरपालिकाका प्रशाशकिय अधिकृत चण्डीका पौडेल, जनप्रकाश वहुमुखी पब्लिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय भण्डारी, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, विद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मी गुरुङ, विद्यार्थी नितिशा अधिकारीलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी भाईस प्रिन्सिपल अनिता तिमिल्सिना न्यौपानले स्वागत र संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
विद्यालयले रजत महोत्सवको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरेका थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
२०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।
विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रको विकल्प छैन– महानिरीक्षक कुँवर
पोखरा, १९ माघ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सामुदायिक सेवा केन्द्रलाई नेपाल प्रहरीले उच्च प्राथामिकतामा राखेको बताएका छन् ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशन समारोहको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सामुदायिकले गरेका गतिविधिका कारण नै नेपाल प्रहरीले सामुदायिक केन्द्रलाई उच्च प्राथामिकतामा राखेको बताएका हुन् ।
‘समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनिकरण गर्न विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रले गरेका काम उत्कृष्ट रहेका छन्’ प्रहरी महानिरीक्षक कुँवरले भने, ‘सामुदायिकलाई अज वढि जिम्मेवार बनाउनका लागि नेपाल प्रहरी सधै हातेमालो गर्न तयार छ ।’

उनले विश्वका उन्नत देशहरुले पनि नेपालमा सुरु भएको सामुदायिक केन्द्रको सिको गरेको उदाहरण रहेको बताउँदै उनले विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक केन्द्रको विकल्प नरहेको उल्लेख गरे ।
नेपाल प्रहरी नेपालका सवै स्थानिय तहमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको बताउँदै यो कार्यक्रमलाई प्रभावकारी गराउनका लागि स्थानि समुदाय स्थनिय तह अझै वढि जिम्मेवारी हुने पर्ने उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका संस्थापक अध्यक्ष मंगल नेपालीले अप्ठ्यारो परिस्थितिमा पनि सामुदायिक सेवा केन्द्र स्थापना गरेका काम गरेको उल्लेख गर्दै सामुदायिकमा काम गर्ने व्यक्ति निस्वार्थ खटिनु पर्ने बताए ।
कार्यक्रममा पत्रकारीको माध्यमबाट सामुदायिक सेवा केन्द्रका गतिविधि प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अग्रज पत्रकार श्यामनाथ कुँवर र राष्ट्र न्यूज डट कमका सम्पादक प्रकाशचन्द्र सापकोटालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीले प्रकाशन गरेको ३१ औं सामुदायिक सन्देश वुलेटिङको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकायले कास्कीमा रहेका सामुदायिक केन्द्रले गरेका गतिविधिका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रमा मादी गाँउ पालिकाका अध्यक्ष देविजंग गुरुङ, जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामवावु ओलिया, सामुदायिक सेवा एमव् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका निर्वतमा अध्यक्ष तथा पोखरा महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष बोधराज कार्की, पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सिना, संस्थाका सल्लाहकार तथा वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगा खनालले बोलेका थिए ।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कास्कीका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
















