images
images

नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

images

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकले ज्यान गुमाएका छन्। दुर्घटनामा अर्का युवा गम्भीर घाइते भएका छन् ।

सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो । प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्।

उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले बताए। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS